आज दिप श्रेष्ठ र राजेश पायल राईले खाँदबारीमा प्रस्तुति दिने

खाँदबारी । नेपाली संगीत क्षेत्रका महागुरु दिप श्रेष्ठ, बरिष्ठ गायक राजेश पायल राई लगायतका चर्चित कलाकारले खाँदबारीमा आज प्रस्तुति दिने भएका छन् । खाँदबारी युथ क्लव र संखुवासभा उद्योग बाणिज्य संघको आयोजनामा हुने कार्यक्रममा प्रस्तुती दिन कलाकारहरु खाँदबारी आइसकेका छन् ।

अमर श्रष्टा स्वर्गीय खेमराज गुरुङको स्मृतिमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । पोखरी बजारमा दिउँसो ४ बजेबाट कार्यक्रम सुरु हुने आयोजक खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले जानकारी दिए ।

कार्यक्रममा गायक तथा संगीतका भविन ढुंगाना, उमंग लामा, सुरेन्द्र पुलामी, अपन श्रेष्ठ, ध्रुब खड्का, नवीन दाहाल लगायत दर्जन कलाकारहरुले प्रस्तुती दिने आयोजकले जनाएको छ । कार्यक्रममा हास्य कलाकारहरु जयन्द्र शाक्य, रमोद श्रेष्ठ र नृत्य कलाकार साजन राईको पनि प्रस्तुती रहने छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search