काठमाडौं । पाँच टी–२० र तीन एकदिवसीय क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै छ।
नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ। नेपालले केन्यासँग ५ खेलको टी–२० अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको टी–२० सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ।
दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ। राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन्।
सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ।