जब अभिभावकले नै बन्धक बनाए‘

काठमाडौं । बाबुआमा र सन्तान बीचमा जति गहिरो सम्बन्ध अरुमा हुँदैन । अभिभावकको काखमा सन्तान सुरक्षित मात्र हुँदैन, उसले आफ्नो मर्जीले जिउन सक्छ । तर सबैको हकमा यस्तो नहुने रहेछ ।

बुधबार जिल्ला प्रशासन कार्यालय, ललितपुरमा इमाडोल १ ९परिवर्तित नाम० ले आफ्नै अभिभावकबाट ज्यानको खतरा भएको भन्दै सुरक्षाको लागि निवेदन दिइन् ।

आफूलाई बाबुआमाले कोठामा थुनेर राखेको र ज्यानकै खतरा भएको बताएकी उनी प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग कुराकानीपछि आश्वस्त देखिइन् ।

इमाडोल १ का अनुसार, उनी २४ वर्षकी भइन् र काठमाडौं मेडिकल कलेजमा दन्त चिकित्साशास्त्र स्नातक चौथो वर्षमा अध्ययनरत छिन् । ३४ वर्षीय दन्त चिकित्सक अविनाशकुमार रायसँगको प्रेमलाई लिएर आमाबाबुले आफूलाई एक महिना कोठामा थुनेर राखेको उनले बताइन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search