खाँदबारी । मंगलबार विहान २ बजे मानेभञ्ज्याङको एक पसलमा चोरीको प्रयास गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । स्थानीय बिरेन्द्र भगत श्रेष्ठको पसलमा चोरीको प्रयास गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका ३ जना मध्ये सिलीचोङ १, सिसुवाखोलाको २ र सिलीचोङ ३ ताम्कुको १ जना रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । तीनै जनालाई बुधबार जिल्ला अदालत चैनपुरबाट म्याद थप गराई अनुसन्धान सुरु गरिने डिएस्पी बिरेन्द्र गोदारले जानकारी दिनुभयो । म्याद थप लगत्तै चोरीमा संलग्नहरुलाई सार्वजनिक गरिने डिएस्पी गोदारले जानकारी दिनुभयो ।
चोरीमा संलग्नहरुले पसलको मुलढोका फुटाएर प्रवेश गरि मुख्य ढोका फुटाउने क्रममा पसल धनिले देखेपछि होहल्ला गरेका थिए । सो क्रममा पसल धनि परिवारका ३ जनालाई प्रहार गरि घाईते बनाए थिए । पसल धनी र चोरीमा संलग्नहरुको झडपको क्रममा छिमेकीहरु भेला भएपछि उनीहरु भागेका थिए । घटनापछि अनुसन्धानको क्रममा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घटनामा अरु पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पसलको सिसि टिभीमा भने ३ जना देखिएको बताईएको छ ।