मुआब्जा वितरणमा भ्रष्टाचार, तत्कालीन सिडिओसहित १३ जनाविरुद्ध मुद्दा

काठमाडौं । नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेको खुलेको छ।

धनुषा जिल्लाको भरतपुर गाउँ विकास समितिअन्तर्गत गुठीको किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं् मुआब्जा वितरण समिति अध्यक्ष बसन्तराज गौतमसहित १३ जनामाथि मुद्दा हालेको छ।

उनीहरुविरुद्ध एक करोड १४ लाख ६६ हजार ६६७ रुपैंया मागदाबी गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search