मानेभञ्ज्याङको ‘फेःक्मालुङ’ के हो ?

खाँदबारी । यस अघि ठुलो ढुङ्गा भनेर परिचित खाँदबारी नगरपालिका ४ पांमाको ढुङ्गालाई खाँदबारी नगरपालिकाले आकर्षक बनाएपछि त्यहाँ घुम्न जानेहरुको संख्या बढेको छ । त्यस ढुङ्गालाई थप मर्मत गरि संरचना बनाउनु अघि पनि छिटपुट मानिस पुग्ने गरेकोमा अहिले दैनिक सय भन्दा बढि मानिसहरु पुग्ने गरेका छन् ।

यो ढुङ्गालाई यस अघिसम्म नै ठुलो ढुङ्गा भनिन्थ्यो । तर पछिल्लो समय भने यसलाई ‘फेःक्मालुङ’ नामाकरण गरिएको छ । यहाँ फेक्मालुङ भनेर बोर्ड नै राखिसकेपछि यस बारे धेरैको कौतुहलता मेटाउन किराँत लोहोरुङ समाजका केन्द्रिय अध्यक्ष चित्रबहादुर लोहोरुङले सञ्चारकर्मीहरु मार्फत स्पष्ट पारेका छन् । लोहोरुङले बताएको किम्वदन्तिको सार अंश यहाँ राखिएको छ ।

पुस्तौ‌ अघि पांमाको लोहोरुङ समुदायमा तेयुङ्पा नाम गरेको बिजुवा (धामी) थिए । उ बाहेक गाउँमा कोहि पनि अरु विजुवा थिएनन् । त्यो बेला अहिलेको जस्तो डाक्टर थिएन, सवै धामी जैसीको भर पर्नु पर्थ्यो । तेयुङ्पा सय बर्ष भन्दा बढि उमेर कटिसकेको बृद्ध भएपनि बिरामीहरुको झारफुक गर्नु पर्ने बाध्यता थियो । अशक्त अवस्थामा पुगेको तेयुङ्पा यो कामबाट आजित भईसकेका थिए ।

एक दिन उनले छोराछोरीलाई भने, ‘यै ठाउँमा बसिरहे मानिसहरुले दुख दिन छोड्दैनन् । त्यसैले उ माथीको रमिते भिरको ओराढमा पुराईदेउ, शान्तसँग बस्छु । तर फर्किदा मलाई नहेरि, म तिर नफर्की सरासर घर पुग्नु ।’ म तिर हेरे गाउँमा अरु धामी निस्किने र आफुले जस्तै दुख पाउने बताएका थिए ।

यहि तेयुङ्पाको जेठी छोरी थिई फेक्मा । बुवाको माग अनुसार छोराछोरीले बुवालाई रमिते भिरको ओढारमा पुर्याएर फर्किने क्रममा जेठी छोरी फेक्माले यो ठुलो ढुङ्गामा चढेर ओढारमा छोडेको बुवालाई हेरेका थिए रे । त्यस दिनदेखि लोहोरुङ जातीमा प्रसस्तै धामी झाक्रीको उत्पति हुँदै आएको मानिन्छ ।

ओढारमा छोडेको बुवालाई फेक्माले ठुलो ढुङ्गामा चढेर हेरपछि त्यो ढुङ्गाको नाम ‘फेःक्मालुङ’ नामाकरण गरिएको हो । लोहोरुङ भाषाबाट ढुङ्गालाई लुङ भनिन्छ । गाउँघरमा त पहिले पनि फेक्मालुङ नै भनिन्थ्यो । अरु बाहिरका मानिसहरुले ठुलो ढुङ्गा भनेकोले सवैको मुखमा त्यहि झुण्डिएको थियो । अहिले फेक्मालुङ भनेर बोर्ड राखिसकेपछि पुरानै नाम बोलाउन थालिएको छ । त्यहि किम्वदन्ति अनुसार रमिते भिर तिर हेरिरहेको फेक्माको शालिक बनाईएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search