सन्दीपलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । प्रहरीले बालिका बलात्कार आरोप लागेको क्रिकेटर सन्दीप लामिछानेलाई आज अदालत लैजाने तयारी गरेको छ।

आज अदालतमा लगेर म्याद थप गर्ने तयारी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा छन्।

दशैं बिदाका कारण प्रहरीले म्याद थप गर्न नसकेको हो। आज अदालतबाट म्याद थप गरी लामिछानेसँग बयान लिन सुरु गरीने प्रहरीले जनाएको छ।
१७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन्।

त्यसलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज, बेडरुमको तन्ना, सिरक, घटना हुँदाको बखत बेडमा प्रयोग भएको डस्टबिन, घटना हुँदा पीडितले लगाएको कपडा, पीडितको भजाइना परीक्षण, सिडिआर ९कल डिटेल रिपोर्ट०, सामाजिक सञ्जाललगायतका सामग्री संकलन गरिसकेको छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search