संखुवासभाको भोटखोला गाउँपालिका अधिकांश मानिसहरु एक सातादेखि सञ्चार बिहीन बनेको छ । माक्पालुङमा रहेको नेपाल टेलिकमको टावरमा गत सोमबार चट्याङ परेपछी सञ्चार सेवा अवरुद्ध बनेको हो । टावरमा आएको समस्याका कारण भोटखोलाका २, ३, ४ र वडा नं. ५ का केही भागका मानिसहरु सञ्चार बिहीन बनेका छन् ।
लिंगमका स्थानीय मिथुन भोटेका अनुसार छुमसुरबाट करिब आधा घण्टा हिडेर फोनको टावर टिप्ने ठाउँबाट सम्पर्क गर्दैछु । यस्तो बेला सञ्चार सेवा नभईसके पछी विभिन्न विपत्ति र आपत आइलागे भोटखोला बासीलाई समस्या हुन सक्छ । यसरी पटकपटक भोटखोलाबासी सञ्चारबाट टाढा हुन परेको छ ।
टावरमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आइतबार खाँदबारीबाट हिडिसकेको नेपाल टेलिकम खाँदबारीका प्रमुख प्रेम कुमार राईले बताए । गत वर्ष चट्याङले नै असर गरेर करिब एक हप्ता पछी मात्रै टावर सञ्चालनमा आएको उल्लेख गरे । अहिलेको समस्या एक÷दुई दिनमा हल हन सक्ने राईले अनुमान गरे ।