भोटखोलामा विद्यार्थी संख्या बढाउन आवासिय विद्यालय बनाउन माग

संखुवासभाको भोटखोला गाउँपालिका विकट स्थानीय तह हो । भौगोलिक तथा सेवा सुविधाको हिसाबले पछी परिरहेको यो क्षेत्रमा पनि विद्यार्थी संख्या दिनानु दिन घटीरहेको छ । पछिल्लो समय हरेक विद्यालयमा विद्यार्थी संख्या घट्नु नौंलो विषय भने होइन ।

भोटखोलामा ७ हजार ८ सय जनसंख्या रहेको छ । थोरै जनसंख्या रहेको गाउँपालिकामा विद्यार्थी संख्या कम हुनु स्वभाविक नै हो । तर थोरै संख्यामा रहेको विद्यार्थीलाई पलायन हुनबाट जोगाउन नसक्नु मुख्य समस्या हो । जहाँ दुई ओटा माध्यमिक विद्यालय सहित २६ ओटा विद्यालय छन् ।

श्रीकृष्ण मावि र अरुणोदय यहाँको माध्यमिक विद्यालय हो । सिंगो गाउँपालिका कै जनसंख्या, विद्यार्थी संख्या र माध्यमिक विद्यालयको संख्या हेर्दा अचम्म लाग्न सक्छ । तर यो भौगोलिक विकटता र सेवा सुविधा अनि शिक्षामा भएको खस्कदो गुणस्तरको परिणाम हो । भोटखोला वडा २ को अरुणोदय मावि लिंगममा हाल २ सय ९४ जना विद्यार्थी अध्ययनरत छन् । जहाँ वडा नं। १, २, ३ र ४ नं। वडाका विद्यार्थीहरु छन् । घर पायक पर्ने विद्यार्थी घरैबाट धाउँछन् भने किमाथांका, रिदाक, थुदाम, रुकुमा, छुम्सुर, हटिया, हुङगुङ र नामासे लगायतका विद्यार्थीहरु विद्यालयको आसपास डेरा गरी भाडामा बस्ने गरेका छन् ।

घट्दो विद्यार्थी संख्या न्युनीकरण गर्न भोटखोलाका लागि चुनौंती बनेको छ । विद्यार्थी संख्या बढाउन आवासिय विद्यालय बनाउन स्थानीय अविभावकहरुको माग छ ।

आवासिय विद्यालय बनाउन संघ, प्रदेश वा स्थानीय सरकारले सहयोग गरे सहज हुने उनीहरुको विश्वास छ । भने विद्यार्थी संख्या बढ्न सक्छ भन्ने आशामा छन् ।

टाढाबाट आएका विद्यार्थी भाडामा बसेर पढ्नु पर्ने बाध्यताकै कारण धेरै विद्यार्थीहरु बजार क्षेत्रमा डेरा गरी बस्ने र उतै पढ्ने गरेका छन् । जसका कारण गाउँमा विद्यार्थीको संख्या कम हुँदै गएको छ ।

पछिल्लो समय किमाथांका नाका नखुल्नु जसका कारण अविभावकहरु रोजगारीका लागि गाउँबाट बाहिरीने गरेका छन् । यसले गर्दा आफ्ना नानीहरु संगै लैजानु पर्ने बाध्यता छ । यस्तै शहर केन्दि«त बसाईसराई र गुणस्तरीय शिक्षाका लागि गाउँका विद्यालयमा विद्यार्थी संख्या घट्ने क्रममा छ । यसरी घढ्दो विद्यार्थी संख्यालाई रोक्न आवासिय विद्यालय सञ्चालन उत्तम विकल्प हुनसक्छ भने यसमा स्थानीय तह र सरकारको हातेमालो आवश्यक छ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search