एक वर्षमा साढे ३ खर्ब रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात

काठमाडौँ । आर्थिक वर्ष ०८०र८१ मा कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँको वस्तु आयातमा पेट्रोलियम पदार्थले १८.८७ प्रतिशत हिस्सा ओगटेको छ । गत आर्थिक वर्ष ३ खर्ब ५४ करोड ४० लाख रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष ०७९र८० को तुलनामा आर्थिक वर्ष ०८०र८१ मा पेट्रोलियम पदार्थको आयातको रकम २.९ प्रतिशतले झरेको छ । आर्थिक वर्ष ०७९र८० मा ३ खर्ब ९ अर्ब ७० करोड रूपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो ।
फलाम तथा स्टिल र त्यसका उत्पादनहरुको आयात पनि ११.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ खर्ब ६७ अर्ब २९ करोड रूपैयाँको फलाम तथा स्टिल आयात हुँदा गत वर्ष १ खर्ब ४७ अर्ब ४८ करोड रूपैयाँ बराबरको आयात भएको थियो । कुल आयातमा फलाम तथा स्टिलको हिस्सा ९‌.२६ प्रतिशत छ ।

आयात मूल्यमा अघिल्लो वर्षको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थ २‍.९६ प्रतिशत, फलाम तथा स्टिल ११.८४ प्रतिशत, अन्न १९‍.१२ प्रतिशत, औषधि ५‍.६२ प्रतिशत, सुन ४०.८७ प्रतिशत ,पोलिथिन ४‍.७९ प्रतिशत, केमिकल १‍.२० प्रतिशत, कच्चा सनफ्लावर तेल १‍.१७ प्रतिशत, आल्मुनियम तथा तिनका उत्पादन ४‍.७१ प्रतिशत, कच्चा भटमासको तेल ६२‍.२९ प्रतिशत, कच्चा पाम तेल ५९‍.१० प्रतिशत जिन्क २४‍।६६ प्रतिशतले घटेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा मेसिनरी तथा पार्ट्सको आयात ८.८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब रूपैयाँको आयात हुँदा गत वर्ष १ खर्ब ९ अर्ब रूपैयाँको आयात भएको थियो । कच्चा भटमास तेलको आयातमा ६२.३ प्रतिशतले घटेर १३ अर्ब ४१ करोड रूपैयाँमा झरेको छ । औषधिको आयात ५.६ प्रतिशतले घटेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीको आयात ७.३ प्रतिशतले बढको छ । सूनको आयात भने ४०.९ प्रतिशतले घटेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search