सीप परिक्षणसम्बन्धी तालिमका लागि लुम्बिनी प्रदेश सरकारले कार्यविधि संशोधन गर्‍यो

काठमाण्डौ । लुम्बिनी प्रदेश सरकारले कार्यविधिकै कारण सीप परिक्षणसम्बन्धी तालिम सञ्चालन हुन नसकेपछि कार्यविधिमा संशोधन गरेको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सीप परिक्षणको जटिलता अन्त्य हुने गरि कार्यविधि संशोधन गर्नुभएको हो ।

सीप परिक्षण तालिम सञ्चालन गर्ने र नागरिकलाई उद्यमसँग जोड्ने सरकारको लक्ष्य अनुसार प्रदेशको उद्योग मन्त्रालयले कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाएको थियो । तर तत्कालीन सरकारले बनाएको कार्यविधिकै कारण नागरिकलाई उद्यमसँग जोड्ने कार्यक्रम गएको वर्ष उपलब्धिमूलक बन्न नसक्दा विनियोजन भएको धेरैजसो रकम फ्रिज भएको थियो ।

सीप परिक्षण कार्यक्रम सञ्चालनका लागि सीटीईभीटीका दोस्रो श्रेणी ९डिप्लोमा तह० का प्रशिक्षकहरु आवश्यक पर्ने कार्यविधिमा उल्लेख गरिएको थियो । तर दोस्रो श्रेणीका प्रशिक्षकहरु प्रदेशमा उपलब्ध हुन सकेनन् । प्रशिक्षक नै उपलब्ध हुन नसक्दा कार्यक्रम प्रभावकारी बन्न नसकेको हो ।

गएको वर्ष लुम्बिनी प्रदेशमा ३० भन्दा धेरै कार्यक्रम सञ्चालन गर्ने योजना थियो । तर जटिल कार्यविधिकै कारण कतिपय कार्यक्रम चल्न सकेनन् । कार्यक्रम सञ्चालनमा सहजता ल्याउन दोस्रो श्रेणीका प्रशिक्षक अनिवार्य नहुने गरी उद्योग मन्त्रालयले हटाएको छ । कार्यविधि संशोधनपछि अब कार्यक्रम सहजरुपमा सञ्चालन हुने अपेक्षा गरिएको मन्त्री न्यौपानेले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search