एन्फा महिला लिगमा आज त्रिभुवन आर्मी र सङ्कटा क्लब खेल्दै

काठमाण्डौ । एन्फा महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब खेल्दैछन् । ललितपुरको सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ ।

यसअघि हिजोको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् भने चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १–१ गोलको बराबरी खेलेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा )को आयोजना अस्तिदेखि शुरू भएको लिगमा १० वटा टोली सहभागी छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search