संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पताल संखुवासभामा बिरामीको चाँप बढेपछि वेड अभाव हुँदा उपचारमा समस्या भएको छ । २५ बेड रहेको जिल्ला अस्पतालमा संखुवासभाका मात्र नभएर भोजपुर, धनकुटाबाट समेत उल्लेख्य बिरामीहरु आउने गरेका छन् ।
बिरामीको चाप बढेपछि अस्पतालको प्यासेजमा बस्ने बेञ्च र कुर्शी जोडेर समेत बिरामी राख्नुपर्ने अवस्था आएको अस्पतालका प्रमुख प्रनाम जैरुको भनाई छ । यो समस्या समाधानका लागि निर्माणाधिन ५० बेडको भवनमा सम्पन्नको चरणमा रहेको केहि कोठाहरु प्रयोगमा ल्याईन लागेको अस्पताल प्रमुख डाक्टर जैरुले बताएका छन् ।
उनले बिरामीहरुलाई बेड अभाव हुँदा उपचारमा असहजता भएकाले तत्कालै केहि कोठाहरु प्रयोगमा ल्याउन पहल भैरहेको जानकारी दिए ।
