संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नं. १ र ६ जोड्ने झोलुङ्गे पुल मर्मत गरिएको छ । लामो समयदेखि आवतजावतमा समस्या हुँदै आएको आप्सुवा खोलाको झोलुङ्गे पुल मर्मत गरिएको हो । गत असार १ देखि ४ गतेसम्म परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले झोलुङ्गे पुललाई क्षति पु¥याएको थियो ।
पुलसंगै बाटोघाटोमा क्षति पु¥याएपछि मकालु ६ का स्थानीयहरु गाउँपालिकाको केन्द्र नुमसम्म आवातजावत गर्न समस्या हुँदै आएको थियो । यस्तै वडा नं. १ र ६ का स्थानीयसमेत पुल मर्मत नहुँदा समस्यामा परेका थिए ।
पुल मर्मत तथा पुन निर्माणका लागि विभिन्न निकायमा पहल गरिएको भएपनि हालसम्म सुनुवाई नभएको वडा नं. ६ का वडाअध्यक्ष नरेन्द्र कुमार मेवाहाङले गुनासो गरे । हालसम्म निर्माणको काम नभए पछि स्थानीय युवाहरुको सहयोगमा पुल मर्मत गरिएको छ ।
पुर्वाधार विकास कार्यालय संखुवासभाले सामग्री उपलबध गराउने, समाज विकास केन्द्र (सोडेक)ले प्राविधिक सहयोग गर्ने र गाउँपालिकाले ढुवानी खर्च व्यवस्थापन गर्ने सहमति भएपनि हालसम्म प्रक्रिया अघि बढ्न सकेको छैन ।