सुनको भाउ फेरि निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजार ७ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ फेरि निरन्तर बढ्न थालेको छ । सुन आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँ बढेको छ । भाउ बढेर सुन आज तोलाको एक लाख ६७ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ६५ हजार पाँच सय रुपैयाँ रहेको थियो । शुक्रवार पनि सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको थियो । अघिल्लो महिना अन्तिम हप्ता लगातार घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा झरेको सुन मंसिर लागेसँगै फेरी निरन्तर बढेको हो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको एक हजार नौ सय ४० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search