धितोपत्र बोर्ड अध्यक्षका लागि कार्ययोजना प्रस्तुति सकियो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षको लागि अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुति सकिएको छ ।

आइतबार दुई उम्मेदवार बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरे । सर्टलिस्टमा परेका अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित रहे ।

यसअघि दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका थिए । योसँगै अब अध्यक्ष सिफारिस समितिलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नका लागि बाटो खुला भएको छ ।

अब सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा बोर्ड अध्यक्ष नियुक्तिका लागि कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद बैठकमा सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद् बैठकले एक जनालाई नियुक्त गर्नेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search