संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ११ आङ्लामा रहेको हिमालय माध्यमिक विद्यालयमा सञ्चालित महायज्ञमा ३ लाख बढी रकम संकलन भएको छ । आइतबार देखि सुरु भएको महायज्ञमा सोमबारसम्ममा ३ लाख ५९ हजार ८ सय ३३ रुपैंया ६० पैसा संकलन भएको । प्रधानाध्यापक मोहनसिंह राईले बताउनु भयो । विद्यालयको ६४ औं वार्षिकोत्षवको अवसरमा शैक्षिक तथा भौतिक व्यवस्थापनको लागि सहयोग संकलन गर्ने उद्धेश्यले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको हो ।
महायज्ञ २७ गते सम्पन्न सञ्चालन हुनेछ । पण्डित रमेश कोइरालाबाट कथा वाचन हुने महायज्ञमा उपस्थित भई सकेको सहयोग गर्न प्रधानाध्यापक राईले आग्रह गर्नु भएको छ । हरेक दिन कथा वाचन र कथावस्तु अनुसार भगवानका झाँकीहरु प्रदर्शन गरिने भएकाले भत्तजनहरुको उपस्थिति रहनेमा विद्यालय परिवार विश्वस्त रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर गुरुङले बताउनु भयो ।
विद्यालयको उद्धेश्य अनुरुप दान गर्ने दानविर दाताहरुलाई विभिन्न ११ ओटा शिर्षकमा सम्मान गरिने विद्यालयले जनाएको छ । शिक्षाप्रेमी महानुभावहरुले सहयोग गर्नका लागि प्रअ मोहनसिंह राई ९८४२०६२०१२, विव्यस अध्यक्ष टेकबहादुर गुरुङ ९८४२००९७१७ मा सम्पर्क गरी गर्न सक्नुहुनेछ । महायज्ञको प्रत्यक्ष प्रशारण हेर्ने चित्रबाट भइरहेको छ ।