राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठान संखुवासभाको अध्यक्षमा नवीन दाहाल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सङ्खुवासभाको अध्यक्षमा गायक नविन दाहाल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न प्रतिष्ठानको पहिलो अधिबेसनबाट दाहालको अध्यक्षतामा १५ सदस्यीय समिती चयन भएको हो । खाँदबारीको होटल होराईजनमा भएको अधिबेशनबाट प्रथम उपाध्यक्षमा सुमन राई, द्वितिय उपाध्यक्षमा साजन राई, महिला उपाध्यक्षमा ईन्द्रा गुरुङ चयन भएका छन् ।

त्यस्तै प्रतिष्ठानको सचिवमा अनुप चापागाई, कोषाध्यक्षमा सुर्य कोरङ्गी (रीता), सहसचिबमा सुरेन शाक्य र सहकोषाध्यक्षमा आशा अस्मी राई सर्वसम्मत चयन भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य रमेश आचार्यको प्रमुख आतिथ्यतामा भएको अधिबेसनमा कोशी प्रदेश संयोजक रोम घिमिरे, सचिब शुशिल भट्टराई र सदस्य भोलामान गुरुङको उस्पथीती रहेको थियो ।

प्रतिष्ठानको पहिलो बैठकले थप सदस्यहरु मनोनित गर्ने र सल्लाहकार समिती गठन गर्ने नवगठित समितीका अध्यक्ष दाहालले बताए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search