खाँदबारी । टासी छ्योलिङ गुम्बा धुपूमा दोमाङ, ग्यातोङ्वा पाठ पारायण तथा धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष लामा गुरु पाल्देन योञ्जनको प्रमुख वाचनमा टासी छ्योलिङ गुम्बा सभापोखरी १ धुपूको आयोजनामा माघ २० देखि २३ गतेसम्म प्रवचन सञ्चालन गरिएको थियो ।
धार्मिक प्रवचन कार्यक्रम सञ्चालनका लागि विभिन्न दाताहरुले सहयोग गर्नु भएको थियो । सो कार्यक्रममा १ हजार देखि तल दान गर्ने दाताहरुको नाम माइकद्वारा बाचन गरिएको थियो । यस्तै १ हजार भन्दा माथि दान गर्ने दाताहरुलाई माइकद्वारा नाम बाचन संगै खादाले अभिनन्दन गरि सम्मान गरिएको थियो भने ५ हजार देखि माथि दान गर्ने दाताहरुलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । यस्तै १० हजार भन्दा माथि सहयोग गर्ने दाताहरुलाई दोसल्लाद्वारा अभिनन्दन गरि शिलामा नाम लेखिने भएको छ । यस्तै गरि १५ हजार भन्दा माथि दान गर्ने दाताहरुलाई दोसल्लाद्वारा अभिनन्दन गरि शिलामा नाम लेखि दाताको फोटो राखिने छ भने २० हजार भन्दा माथि दान गर्ने दाताहरुलाई दोसल्लाद्वारा अभिनन्दन गरि शिलामा नाम लेखि परिवारको फाटो राखिने छ ।
उक्त प्रवचन कार्यक्रमको समापन संगै आज विहिबार विभिन्न साँस्कृतिक प्रतियोगिता समेत रहने गुम्बा व्यबस्थापन समितिका सचिब पदम कुमारी तामाङले बताउनु भयो ।