मकालु । मकालु गाउँपालिकाको वडा नं. ५ मा एचपीभी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मकालु गाउँपालिका स्वास्थ्य शाखा नुमको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपिभी खोप अभियान २०८१ मा वडा खोप समन्वय समिति, स्वयंसेविका, शिक्षक, संचारकर्मी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । मकालु गाउँपालिका वडा नंम्बर ५ को सभाहलमा मंगलबार सम्पन्न भएको उक्त कार्यक्रममा ३० जना बढी सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
नेपाल सरकारले यहिँ २०८१ माघ २२ गते देखि २०८१ फागुन ७ गतेसम्म देशैभर एचपीभी खोप अभियान सञ्चालनको घोषणा गरेको छ । पाठेघरको मुखको क्यान्सर विरुद्वको एचपिभि खोप अभियान मकालु गाँउपालिका अन्र्तगतका विद्यालयहरुमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई र विद्यालय नजाने १० देखि १४ बर्षसम्मका किशोरीहरुलाई दिइनेछ । मकालु गउँपालिका भित्र माघ २७ देखि सञ्चालन हुनेछ ।