पञ्चेश्वर महादेव दुर्गा भगवती मन्दिर पाँचखपन ७ मा सप्ताह ज्ञान महायज्ञ सञ्चालन

खाँदबारी । अक्षयकोष वृद्धि गर्ने उद्धेश्यले पञ्चेश्वर महादेव दुर्गा भगवती मन्दिर पाँचखपन नगरपालिका वडा नं.७ संगाउँमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन भएको छ ।

यूवा पण्डित सिताराम काफ्लेको प्रमुख वाचन तथा योगेन्द्र सुवेदीको उपवाचनमा माग २१ देखि २८ गतेसम्म ज्ञान महायज्ञ सञ्चालन हुनेछ । माघ २१ गते मण्डप पुजा, कलशयात्रा तथा उत्घाटन कार्यक्रम भएको थियो ।

यस्तै माघ २२ गतेबाट दैनिक पूजा, पाठ पारयण, कथा वाचन प्रत्येक दिन बेलुकी श्रीमद्भागवत महात्म्य कथा श्रवण एवम् भजन कृतन र ज्ञान मञ्च कार्यक्रम भइरहेको छ । भने माघ २८ गते पुर्णआहुति, लक्षवर्ती प्रज्वलन, भिक्षादान, प्रसाद वितरण तथा समापन कार्यक्रम रहने छ ।

सकेको सहयोग गरी पुन्य प्राप्ति गर्न आयोजकले अनुरोध गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search