बाग्लुङको निसीखोला गाउँपालिकामा लागेको डढेलोले एक सयभन्दा धेरै भेडीगोठ जोखिममा

बाग्लुङ । बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ सिंवाद्वार क्षेत्रमा लागेको डढेलो अझै निभेको छैन । हिजो दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो ।

सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा डढेलो लागेको हो । डढेलोका कारण एक सयभन्दा धेरै भेडीगोठ जोखिममा रहेको अध्यक्ष मगरले जानकारी दिनुभयो । डढेलो लागेको क्षेत्र निसीखोलाका किसानहरूले भेडा चरनका रूपमा प्रयोग गर्ने ठाउँ हो ।
आगलागीको कारण अझै पत्ता लागेको छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search