काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा टोटनहम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई १–० गोल अन्तरले हराएको हो ।
टोटनहम ३० अङ्कका साथ १२ औं स्थानमा छ भने म्यानचेस्टर युनाइटेड २९ अङ्कसहित १५औं स्थानमा छ । यस्तै यसअघि भएको अर्को खेलमा लिभरपुलले वुल्भ्सलाई २–१ गोल अन्तरले हराएको छ ।
योसँगै प्रिमियर लिगमा लिभरपुल ६० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । आर्सनल ५३ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ४७ अङ्कसहित तेस्रो स्थानमा छन् । वुल्भ्स भने १९ अङ्कका साथ १७ औं स्थानमा छ ।