सुनको भाउ एक हजार दुई सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज एक हजार दुई सय रुपैयाँले बढेको छ । आज सुनको भाउ एक हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव भइरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search