संखुवासभाको धर्मदेवीमा ढुङ्गाले लागेर एक मजदुरको मृत्यु

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका- २, तामाफोकमा सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ ।

धर्मदेवी-२, तामाफोकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ३५ वर्षीय खड्ग बहादुर लिङ्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

आइतबार अपरान्ह भित्री सडक खण्डमा ढुङ्गा फुटाउने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ३५ वर्षीय मजदुर लिङ्खाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search