जुनियर रेडक्रस सर्कल चैनपुर उपशाखा स्तरीय आधारभूत तह मेच घुमाई प्रतियोगिता सम्पन्न भएको छ । ज्वालामुखी आधारभुत विद्यालय याङसीजुङ चैनपुर १ नुनढाकि सर्कलको आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।
मनोरञ्जन र प्रतिस्पर्धाको क्षमता अभिवृद्धि गर्ने अभिप्रायको साथ आयोजित प्रतियोगितामा ८ वटा सर्कलले सहभागिता जनाएका थिए । प्रतियोगितामा सिद्धकाली इङलिस स्कुलका छात्र दावा छिरिङ शेर्पा प्रथम, भगवती माध्यमिक विद्यालय चित्लाङकि छात्रा बिमला बास्तोला द्दितीय, शारदा माध्यमिक विद्यालय पोखरीका छात्र समीर गुईदेल तृतीय र सान्त्वना जलेश्वरी आवि तिखीढुंगाका सुजन तामाङले हासिल गरेका हुन् ।
कार्यक्रमको सभापति आयोजक विद्यालयका जुरेस सभापति निमासाङ्गे शेर्पा रहनु भएको थियो भने प्रमुख अतिथिविद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल कुमारी जिमि रहनुभएको थियो ।