कुलुङ बहुमुखी क्याम्पसमा १० लाख बढी रकम संकलन

भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं. १ मा रहेको कुलुङ बहुमुखी क्याम्पसले आयोजना गरेको महायज्ञमा १० लाख बढी रकम संकलन भएको छ । फागुन २१ गते देखि सुरु भएको सप्ताह ज्ञान महायज्ञमा शनिबारसम्ममा १० लाख ४५ हजार रकम संकलन भएको आयोजकले जनाएको छ ।

कुलुङ बहुमुखी क्याम्पसको शैक्षिक व्यवस्थापनका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको हो । यूवा पण्डित रमेश कोइरलाको प्रमुख वाचन तथा बासुदेव खनालको उपवाचननमा सञ्चालन भइरहेको महायज्ञ फागुन २७ गतेसम्म क्याम्पसको प्रांगणमा चल्नेछ ।

विसुद्ध क्याम्पसको शैक्षिक गुणस्तर तथा व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा सकेको सहयोग गर्न क्याम्पस प्रमुख मान बहादुर खत्रीले आग्रह गर्नु भयो ।

यस्तै क्याम्पस सञ्चालक समितिका अध्यक्ष मुकुन्द गिरीले कुलुङ बहुमुखी क्याम्पसको शैक्षिक व्यवस्थापनका लागि सहयोग गर्न आह्वान गर्नु भएको छ ।

आयोजकले दाताहरुलाई विभिन्न शिर्षकमा सम्मान गर्ने जनाएको छ । महायज्ञमा दैनिक विहान ८ बजे देखि १० बजेसम्म पाठ परायण, ११ बजे देखि ४ बजेसम्म कथा वाचन र बेलुका महात्म्य कथा, भजन कृतन साथै लिला झाँकी प्रर्दशन हुनेछ ।

कार्यक्रमको हेर्ने चित्र फेसबुक पेजबाट लाइभ प्रशारण हुँदै आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search