कुलुङ बहुमुखी क्याम्पसमा सञ्चालित सप्ताह पुराण सम्पन्न

भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं. १ मा रहेको कुलुङ बहुमुखी क्याम्पसले आयोजना गरेको महायज्ञ सम्पन्न भएको छ । फागुन २१ गते देखि सुरु भएको सप्ताह ज्ञान महायज्ञ मंगलबार समपन्न भएको हो ।

कुलुङ बहुमुखी क्याम्पसको शैक्षिक व्यवस्थापनका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । यूवा पण्डित रमेश कोइरालाको प्रमुख वाचन तथा बासुदेव खनालको उपवाचननमा महायज्ञ क्याम्पसको प्रांगणमा सञ्चालन भएको थियो ।

आयोजकले दाताहरुलाई विभिन्न शिर्षकमा सम्मान गरेको थियो । कार्यक्रमको हेर्ने चित्र फेसबुक पेजबाट लाइभ प्रशारण गरिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search