चैनपुर । चैनपुर पोखरी स्थित लक्ष्मी लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम शनिबार सम्पन्न भएको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्था पोखरीबजार शाखाद्वारा ग्लोबल मनि वीक २०२५ को अवसरमा शाखाका केन्द्रिय सदस्य तथा स्थानीय अभिभावकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा कर्जा, बचत, बैंकिङ चक्र, कर्जा सदुपयोगका फाइदा, डिजिटल च्यानल, उद्यमशीलता विकास, कर्जा सूचना केन्द्र, बीमा सम्बन्धमा शाखाका कर्मचारीहरु तथा संस्थाका कोशी प्रदेश प्रमुख भीम न्यौपानेले सहजीकरण गर्नु भएको थियो । त्यस्तै विगत केही वर्ष देखि बजारमा भएको कर्जा मिनाहा सम्बन्धी कर्जा किन मिनाहा हुँदैन भन्ने हल्लाका विषयमा बैंकिङ चक्र तथा प्रयोगात्मक तरिकाबाट प्रदेश प्रमुख न्यौपानेले स्पष्ट पार्दै सोको पछि नलाग्नसमेत अनुरोध गर्नुभयो ।
कार्यक्रम पश्चात संस्थाका सदस्य सर्मिला तामाङले कार्यक्रम अत्यन्त फलदायी तथा उपयोगी भएकाले आगामी दिनमा कर्जाको सबैले सदुपयोग गरी उद्यमी बन्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।