हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैनः प्रचण्ड

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेतारकार्यकर्ताहरुले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको बताउनुभयो । उहाँले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्ष ९तत्कालिन माओवादी० ले कति हत्या ग¥यो भन्नेकुरा अध्ययन गर्न सकिने बताउनुभयो ।

उहाँले बिना अध्ययन आफूमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाउनुभयो । साथै १७ हजार मानिस प्र्रचण्डले मारेको भन्ने आरोपको खण्डन गर्दै आफूले अहिलेसम्म एक जनालाई पनि नपिटेको बताउनुभयो । उहाँले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताउनुभयो ।

प्रचण्डले सबै नेताहरु उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति समेत जनाउनुभयो । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उहाँको असन्तुष्टि छ । उहाँले यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search