सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न पर्साका राजनीतिक दलको आग्रह

काठमाण्डौ । पर्साका राजनीतिक दलहरुबीचको सर्वदलीय बैठकले सामाजिक सद्भावलाई खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

जिल्लाका आठ राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिको हिजो बसेको बैठकले सदियौँदेखि समाज आपसी भाइचारा, सामाजिक र धार्मिक सद्भावसँग मिलेर बसेको हुनाले यसलाई खण्डित गर्ने अभिव्यक्ति, टिप्पणी कुनै पनि पक्षबाट नगर्न आग्रह गरेको हो ।

हनुमान जयन्तीको शोभायात्रामा भएको घटनाबाट विगत केही दिनदेखि वीरगञ्ज महानगर आसपासका क्षेत्रमा भइरहेको सामुदायिक विवाद, आपसीद्वन्द्व र मनमुटावप्रति सर्वदलीय बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकले सामाजिक सद्भाव र शान्तिका लागि सबै पक्षसँग आग्रह गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search