काठमाण्डौमा आज पनि शिक्षकहरुको प्रदर्शन : माइतीघर–बानेश्वर क्षेत्रमा यातायात प्रभावित

काठमाण्डौ । शिक्षकहरुले आज पनि काठमाण्डौमा प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर उनीहरु बबरमहल हुँदै नयाँबानेश्वर पुगेका हुन् । आज पनि माइतीघर–बानेश्वर सडकखण्डमा गाडीको आवागमन प्रभावित भएको छ ।

यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को प्रदर्शनलाई ध्यानमा राखेर बिहान ९ बजेदेखि अहिले १२ बजेसम्म प्रदर्शन गरेका हुन् । शिक्षकहरूले गएको चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका हुन् ।

प्रदर्शनको आज १९ औँ दिन भएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न उनीहरुको मुख्य माग छ । शिक्षकहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुटाछुटै छलफल गरेपनि कुनै निस्कर्ष निस्केको छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search