संखुवासभा । पाँचखपन नगरपालिका वडा नं. १ का १० घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । चालु अर्थिक वर्षमा विनियोजित ५ लाख रुपैंयाको जस्तापाता खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष टेक बहादुर बुढाथोकीले बताउनु भयो ।
फुसको छानो हटाउने अभियान अन्तर्गत जस्तापाता वितरण गरिएको वडा अध्यक्ष बुढाथोकीले बताउनु भयो । वडा नं. १ भित्रका विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको हो । आगामी वर्षमासमेत उक्त योजना सञ्चालन हुने भएकाले अपुग भएका परिवारलाई अर्को वर्ष वितरण गरिने बुढाथोकीले बताउनु भयो । जस्तापाता माग गर्न वडा भित्रका विपन्न परिवारलाई आवेदन माग गरिएको थियो ।
शुक्रबार जनप्रतिनिधिहरुको उपस्थितिमा वडा कार्यालयमा जस्तापाता हस्तान्तरण गरिएको हो ।