अमेरिकाबाट निर्वासित भएर थुनिएका भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव

एल साल्भाडोरका राष्ट्रपतिले अमेरिकाद्वारा निर्वासित भएर आफ्नो देशमा थुनिएका २५२ भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव गरेका छन् ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भेनेजुएलाका समकक्षी निकोलस मादुरोसँग यदि भेनेजुएलाले यही सङ्ख्यामा राजनीतिक बन्दीहरूलाई रिहा गर्छ भने आफ्नो देशमा थुनिएका २५२ भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव गर्नुभएको हो ।

यीमध्ये अमेरिकी नागरिकसहित ५० जना अरु देशका कैदीहरू पनि समावेश छन् । उहाँले भेनेजुएलाका राजनीतिक बन्दीहरूलाई उनीहरूले राष्ट्रपति मादुरोको विरोध गरेकोले जेल हालिएकोमा भेनेजुएलाका निर्वासितहरू भने धेरैजसो बलात्कार र हत्या अभियोगमा जेल परेका बताउनुभएको बीबीसीले जनाएको छ ।

भेनेजुएला सरकारले कुनै पनि राजनीतिक बन्दी नरहेको तर्क गरिरहँदा अधिकारवादीले भने सरकारको तर्क अस्वीकार गरेका छन् । भेनेजुएला सरकारले भने कैदी आदनप्रदानको प्रस्तावमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन ।

पछिल्लो केही हप्तामा दुई सयभन्दा धेरै भेनेजुएलाका नागरिकहरूलाई अमेरिकाबाट एल साल्भाडोर पठाइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उनीहरूलाई एउटा आपराधिक गिरोहका सदस्य भएको आरोप लगाउनुभएको छ । अमेरिकाले एल साल्भाडोरलाई निर्वासितहरूलाई आतङ्कवाद बन्दीगृहमा राख्न भुक्तानी गर्ने गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search