तीन संसदीय समितिको बैठक आज

काठमाडौं । तीन संसदीय समितिको बैठक बुधबार बस्दैछ। राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ माथि छलफल सम्बन्धमा हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे बस्नेछ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बारपाक क्षेत्रमा भूकम्प पछि भएको पुनर्निर्माण सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षा हुनेछ।यो बैठक पनि साढे ११ बजेका लागि बोलाएको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित गरिएको छ। बैठक बिहान पौने ९ बजेका लागि बोलाइएको थियो।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search