राष्ट्र बैंकले आज ८५ अर्ब रुपैयाँ बराबरको तीन महिने निक्षेप सङ्कलन गर्दै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट आज ८५ अर्ब रुपैयाँ बराबरको तीन महिने निक्षेप सङ्कलन गर्दैछ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचनाअनुसार यो निक्षेप सङ्कलनका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत बोलकबोल हुनेछ ।

निक्षेप सङ्कलनको विवरण आजै निष्कासन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने छ । निक्षेपको साँवा तथा ब्याज आउँदो कात्तिक १७ गते भुक्तानी गरिनेछ । न्यूनतम १० करोड र अधिकतम पाँच करोड गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ । केन्द्रीय बैंकले निक्षेप सङ्कलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बताएको छ ।

एउटै संस्थाले फरक–फरक ब्याजदरमा एक भन्दा बढी आवेदन पनि पेस गर्न सक्ने छन् । राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन बेला बेला निक्षेप सङ्कलन उपकरणमार्फत तरलता खिच्दै आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search