पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एअरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ ।
परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा राख्ने भन्दै उडान बन्द गरेको कतार एअरवेजले जनाएको छ ।
एअरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीको लागि कतार एअरवेजको आधिकारिक वेबसाइट हेर्न सल्लाह दिएको सीएनएनले जनाएको छ ।
यस्तै एअर फ्रान्स एअरलाइन्सले अर्को सूचना नभएसम्मका लागि पाकिस्तान जाने उडानहरू स्थगित गरेको र केही गन्तव्यहरूको लागि आफ्नो उडान योजनाहरू परिवर्तन गरिरहेको बताएको छ ।
त्यस्तै जर्मन एअरलाइन्स लुफ्थान्साले पनि अर्को सूचना नभएसम्म पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश नगर्ने बताएको छ ।