अन्नपूर्ण आरोहण हीरक जयन्ती मनाइँदै

काठमाण्डौ । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाइँदै छ ।

आजदेखि २२ गतेसम्म विविध कार्यक्रम गरेर हीरक जयन्ती मनाउन लागिएको हो । हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविरमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा हुन लागेको हीरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जोगका परिवारका सदस्यहरूसहित १४ जना विदेशी पाहुना नेपाल आएका हुन् ।

फ्रान्सेली पर्वतारोही मौरिस र लुइस लाचेनले अक्सिजनविना नै सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण हिमालको सफल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा हीरक जयन्ती मनाउन लागिएको हो ।

यसअघि अन्नपूर्ण आरोहण दिनको अवसरमा सरकारी तवरबाट पोखरा र काठमाण्डौमा समारोह आयोजना हुँदै आएका थिए ।

आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search