काठमाण्डौ । गएको वर्ष विश्वको झन्डै आधा जनसङ्ख्याले एक महिनाभन्दा लामो समय अत्यधिक गर्मीको सामना गर्नुपरेको छ ।
पछिल्लो एक अध्ययनले विश्वका धेरै क्षेत्रमा नागरिक अतिरिक्त गर्मी भोग्न बाध्य भएको उल्लेख गरेको छ । यसको मुख्य कारण जलवायु परिवर्तनको प्रभावलाई मानिएको छ ।
इम्पेरियल कलेज बेलायतका जलवायु वैज्ञानिक र प्रतिवेदनका सह–लेखक फ्रेडेरिक ओटोले प्रतिवेदनमा विश्वव्यापी जनसङ्ख्याको ४९ प्रतिशत अर्थात झण्डै चार अर्ब मानिसले अरु समय अवधिभन्दा ३० दिन बढी चरम गर्मीको अनुभव गरेका उल्लेख गर्नुभएको छ ।
ग्लोबल वार्मिङको प्रभावको मूल्याङ्कन गर्न शोधकर्ताहरूले सन् २०२४ मे १ देखि सन् २०२५ मे १ तारिखसम्मको अवधिको विश्लेषण गरेका थिए ।
उनीहरुले अनुकूल कार्य योजनालाई तीव्ररुपमा विस्तार गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएका अन्तर्राष्ट्रिय सञ्चारमध्यमले जनाएका छन् ।