काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गर्नुभएको टिप्पणी गर्नुभएको छ ।
आज काठमाण्डौमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पृथ्वीपथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्रै सिकाउने गरेको बताउनुभयो । उहाँले पृथ्वीपथबाट नेपाल अघि बढ्दा पोखरा मात्रै पुग्न सक्ने टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने समय रहेको उल्लेख गर्नुभयो । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उहाँले १३औं सन्तानले राजा हुनका लागि पृथ्वीपथको युक्ति निकालेको जिकिर गर्नुभयो ।
ओलीले भन्नुभयो, ‘राष्ट्रिय एकता भन्नेबित्तिकै पृथ्वीपथ अरे । पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि । ढाइ सय वर्षअघिको कुरा ल्याएर देशको विकास ? देशलाई एकताबद्ध बनाउनु छ । पृथ्वीपथले एकताबद्ध ? मारकाट गरेर एकताबद्ध गर्ने ? एकीकरणको कुरा एउटा होला । एकीकरणको समयमा पृथ्वीनारायण शाहको विचार र बाटो ठीकै थियो होला । पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए रु संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथ रु कति पुरातनपन्थी हो ?
प्रधानमन्त्री ओलीले आजको समय राजा, रजौटा, तानाशाहहरूको नभई लोकतन्त्रको भएको बताउनुभयो ।