भृकुटीमण्डपमा राष्ट्रियस्तरको खुला शारीरिक सुगठन प्रतियोगिता हुने

काठमाण्डौ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २४ गते ‘प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता’ हुने भएको छ ।

भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा हुने प्रतियोगितामा पुरुषतर्फ पाँच वटा वजन समूहबीच र महिलातर्फ खुला प्रतिस्पर्धा हुने प्रतिष्ठानका निर्देशक गङ्गा दाहालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पुरुषतर्फ प्रत्येक तौल समूहमा पहिलो, दोस्रो, तेस्रो, चौथो तथा पाँचौं स्थानसम्मका लागि खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । दुवैतर्फको प्रतियोगितामा पहिलो हुनेलाई १ लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार र चौथोलाई २० हजार र पाँचौं हुनेलाई १० हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search