हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको ज्यान गयो

सप्तरी । सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । आज बिहान हात्तीको आक्रमणबाट कञ्चनरूप नगरपालिका वडा नम्बर १२ धरमपुर टोलका ६६ वर्षीय केदारबहादुर विष्टको ज्यान गएको प्रहरीले जनाएको छ ।

घर नजिकै मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको दाह्रा उहाँको शरीरमा गाडिएको स्थानीय बासिन्दा लीलबहादुर मगरले बताउनुभयो ।

बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट एक्लै खेतमा जाने र कहिलेकाहीँ खेतमा बनाएको टौवामै सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी ज्यान गएको मगरले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search