काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धूमपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले लत त्याग्न चाहनेका लागि ११३२ मा फोन गरी परामर्श लिनसक्ने व्यवस्थाको शुरुआत गरेको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ‘हेल्पलाइन’ सेवाको शुभारम्भ गर्नुभयो । उहाँले हेल्पलाइन सेवा सञ्चालन भएसँगै सुर्तीजन्य पदार्थ सेवन गर्नेको सङ्ख्यामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य सचिव डा।विकास देवकोटाले पछिल्लो समय युवाहरूमा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग निक्कै चिन्ताको विषय बनेको बताउनुभयो ।
पछिल्लो समय भेपको प्रयोग बढ्दो देखिएको र युवालाई यसको लत नियन्त्रण गर्न के गर्ने र ? भनेर मन्त्रालयले योजनाबद्ध रूपमा पहल गरिरहेको सचिव देवकोटाले बताउनुभएको छ ।