आईपीएल क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई र पन्जाब खेल्दै

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा पुग्न आज मुम्बई इन्डियन्स र पन्जाब किङ्ग्स खेल्दैछन् । यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

अस्ति भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको हो । उसले गुजरातलाई २० रनले हरायो ।

पन्जाब पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग पराजित हुँदा दोस्रो क्वालिफायर खेल्न लागेको हो । बेङ्गलुरुले पन्जाबलाई ८ विकेटले हराएको थियो ।

आज हुने दोस्रो क्वालिफायरको विजेता टोलीले उपाधिका लागि पर्सि मङ्गलवार रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग खेल्नेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search