कोशी लोकमार्गको धरान-धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन यात्रा गर्दा चनाखो रहन आग्रह

काठमाण्डौ । कोशी लोकमार्गको धरान-धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन भएको छ । कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका-६ फेदीमा लेउती खोलामा आएको बाढीले हिजो बिहानदेखि अवरुद्ध धरान-धनकुटा सडक खण्ड मर्मतपछि बेलुकादेखि एकतर्फी खुलेको हो ।

कोशी लोकमार्गको झन्डै एक सय मिटर सडक कटान भएको थियो । सडक भत्केपछि दुईतर्फी नै अवरुद्ध भएको थियो ।

बाढीले बगाएको सडकमा अस्थायी डाइर्भसन बनाएर सडक एकतर्फी रुपमा खुलाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिनुभयो ।

लेउती खोलाको धार फर्काएर अस्थायी डाइर्भसनबाट गाडी सञ्चालन गरिएको हुँदा यो सडकमा यात्रा गर्दा चनाखो रहन उहाँको आग्रह छ ।

सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । सडक पूर्णरुपमा मर्मत गरी दुइतर्फी खुलाउन केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।

यसैबीच नारायणगढ–बुटवल सडक खण्डमा गाडी दुईतर्फी नै चलिरहेका छन् । हिजो केहीबेर ह्युम पाइप राख्ने क्रममा गाडी एकतर्फी सञ्चालनमा थिए । यो खण्डमा पानी पर्ने बित्तिकै बाटो चिप्लो भएर र डाइभर्सन भत्किएर समस्या हुँदै आएको छ ।

सडक जोखिमपूर्ण भएपनि आज गाडी नियमित सञ्चालमा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search