सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाण्डौ । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ८८ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search