युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्दै

आज स्विट्जरल्यान्डको जेनेभामा युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षी अब्बास अराघचीसँग भेट गर्दैछन् । इरान र इजरायलबीचको सङ्कट कम गर्ने प्रयासका रूपमा बेलायत, फ्रान्स र जर्मनका विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्ने बीबीसीले जनाएको छ ।

यदि बैठकहरू योजना अनुसार भएमा इजरायलले एक हप्ताअघि इरानमाथि आक्रमण गरेपछि इरान र पश्चिमी सरकारहरूबीचको यो पहिलो प्रत्यक्ष वार्ता हुनेछ ।ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सामेल हुने कि नहुने भन्ने निर्णय आउँदो दुई हप्तामा गर्ने बताएपछि युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्न लागेका खबरमा उल्लेख छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले यस विषयमा वार्ताका लागि प्रशस्त अवसर रहेको विश्वास गर्नुभएको बताउनुभयो ।

यसैबीच इजरायल र इरानबीच सातौं दिन पनि गोलीबारी चलिरहेको छ । इजरायली सेनाले इरानमा रहेको मिसाइल उत्पादन स्थलहरूसहित दर्जनौं पूर्वाधारहरूमा आक्रमण गरेको बताएको छ ।अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आईएईए० ले अरक शहर नजिकै रहेको इरानी आणविक स्थलमा इजरायलको आक्रमणबाट प्रमुख भवनहरू क्षतिग्रस्त भएको पुष्टि गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search