त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज जिम्बाब्वे र दक्षिण अफ्रिका खेल्दै

काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत आज घरेलु टोली जिम्बाब्वे र दक्षिण अफ्रिका खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ५ बजे जिम्बाब्वेको हरारेमा शुरू हुनेछ ।

शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई पाँच विकेटले हराएको थियो । दक्षिण अफ्रिका दुई खेलमा दुई अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ ।

लगातार दोस्रो खेल हारेको जिम्बाब्वे तालिकामा अङ्कविहीन छ । न्युजिल्यान्ड दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा छ । हरेक टोलीले दुई(दुई पटक एक अर्कासँग खेलेपछि तालिकाको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल आउँदो शनिवार जुलाई २६ तारिखमा हुनेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search