कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भुभागका एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा तुँवालो र पहाडी तथा हिमाली भेगमा आंशिक बादल लागेको छ । काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा पनि सामान्य कुहिरो र हुस्सु लाग्ने सम्भावना छ ।

पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । तराईमा हुस्सु र तुँवालोका कारण सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही भू–भागमा मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search