लगातार बढेको सुनको भाउ आज तोलामा १०० रुपैयाँले घट्यो, चाँदीको बढ्यो

काठमाण्डौ । पछिल्लो पटक माघ २५ गतेदेखि लगातार बढेको सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेको छ । सुन आज १ सय रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी ५० रुपैयाँले बढेर तोलाको ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ९० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search